सामसुङ एस २२ ‘भर्जिन मोबाइल’ मा पनि, पहिलो दिनमा नै ५० पिस भन्दा बढी बुकिङ

भर्खरै मात्र नेपाली बजारमा सार्वजनिक भएको सामसुङ मोबाइलको बहुप्रतिक्षित मोडल ‘एस २२ अल्ट्रा’ न्यूरोडस्थित भर्जिन मोबाइल शोरुमा समेत उपलब्ध भएको छ । सामसुङ मोबाइलको आधिकारिक वितरक आईएमएसको सहकार्यमा कम्पनीले एस–२२ को बुकिङ तथा बिक्री वितरण शुरु गरेको हो । बुकिङ खुल्ला भएको पहिलो दिनमा नै ५० पिसभन्दा बढी एस–२२ को बुकिङ भएको भर्जिन मोबाइलका सञ्चालक विवेक शर्माले जानकारी दिए । सामसुङ एस २२ नेपालमा औपचारिक रुपमा सार्वजनिक हुने बित्तिकै कम्पनीले बुकिङ खुल्ला गरेको र सो मोड