काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ। शुक्रबार बसेको प्रदेशसभाको सातौँ अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका हुन्। सभामा उपस्थित ३७ जना सदस्यमध्ये उनको पक्षमा २२ जनाले मतदान गरे भने विपक्षमा १५ मत खसेको सभामुख राजबहादुर शाहीले घोषणा गरे। गत चैत ५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यताका कारण आज विश्वासको मत लिएका हुन्। प्रदेशसभामा माओवादी