भारत : अस्पतालमा भाजपा नेतालाई ठटायो प्रहरीले (भिडियो)

भारतको महाराष्ट्रमा भारतीय जनता पार्टीका युवा इकाइ सचिव शिवराज नारियलवालेलाई जालना प्रहरीले थप्पड हानेको अनि लट्ठीले कुटेको भिडियो सार्वजनिक भएको छ ।  भिडियो आएपछि जालनाका एसपी विनायक देशमुखले भिडियोमा देखिएका प्रहरीमाथि अनुसन्धानको आदेश दिएका छन् ।  घटना अप्रिल ९ मा भएको थियो ।  प्रहरीका अनुसार, केही आक्रोशित युवकहरू आईसीयूमा पसेर चिकित्सकहरूलाई कुटपिट गरेका थिए र शीशा समेत फुटाएका थिए । प्रहरी घटनास्थलमा पुग्दा हुल्लडहरू भागेका थिए भने नारियलवालेलाई प्रहरीले पिटेर ठटाएको थियो ।  ...

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट भाजपाका विधायकको मृत्यु

भारतीय जनता पार्टी (भाजपा) का विधायक सुरेश श्रीवास्तवको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। श्रीवास्तव लखनउ शहरका विधायक थिए। उनले १४ अप्रिलमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। भाजपाका वरिष्ठ नेता तथा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले उनको निधन भएको जानकारी दिएका छन् र समवेदना व्यक्त गरेका छन्। दिवंगत विधायक श्रीवास्तवकी पत्नी र पुत्र पनि संक्रमित रहेका र उनीहरुको अस्पतालमा उपचार भइरहेको खबर छ। भारत यतिखेर महामारीको चपेटामा फसेको छ। त्यहाँ दैनिक ३ लाखभन्दा धेरै