लाभांश प्रस्ताव बिना नै यूनाइटेड इन्स्योरेन्सले बोलायो साधारण सभा, मर्जर तथा प्राप्तिको योजना

वैशाख ३०, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले जेठ २३ गते २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीले अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षकोको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउनेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । पूँजी वृद्धिका लागि बीमा समितिले जोड दिइरहँदा कम्पनीले मर्जर तथा प्राप्ति प्रकृयाबाट पूँजी वृद्धि गर्ने योजना बनाएको देखिन्छ ।  कम्पनीले सभाको विशेष प्रस्तावमा चुक्तापूँजी रू. २ अर्ब ५० करोड कायम गर्न भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भन्दै सोको आवश्यक कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने उल्लेख गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ८१ लाख ६० हजार रहेको छ । उल्लेखित प्रस्तावसँगै सभाले संस्थापक शेयरधनीहरुकोतर्फबाट चार जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय गरेको छ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस आधारमा जेठ ८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

सम्बन्धित सामग्री

युनाइटेड इन्स्योरेन्स कम्पनीले सोमवार बोलायो २८ औं वार्षिक साधारण सभा

जेठ २२, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २८ औं वार्षिक साधारण सभा सोमवार जेठ २३ गते हुने भएको छ । कम्पनीले सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सभा हुने जानकारी दिएको छ । सभाले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षकोको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउनेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । पूँजी वृद्धिका लागि बीमा समितिले जोड दिइरहँदा कम्पनीले मर्जर तथा प्राप्ति प्रक्रियाबाट पूँजी वृद्धि गर्ने योजना बनाएको छ ।  कम्पनीले सभाको विशेष प्रस्तावमा चुक्तापूँजी रू. २ अर्ब ५० करोड कायम गर्न भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भन्दै सोको आवश्यक कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने उल्लेख गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ८१ लाख ६० हजार रहेको छ । उल्लेखित प्रस्तावसँगै सभाले संस्थापक शेयरधनीहरुकोतर्फबाट चार जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालकहरूको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय गरेको छ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा जेठ ८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।