किचन अप्लायन्सेस ब्राण्ड काफको विक्री स्टोर नेपालमा

काठमाडौं । किचन अप्लायन्सेस ब्राण्ड काफले नेपालमा औपचारिक विक्री वितरण शुरू गरेको छ । काफका उत्पादनको लागि नेपालको आधिकारिक वितरक किचन क्राफ्ट क्रियसन्स प्रालिले बुधवारबाट यसको औपचारिक विक्री शुरूआत गरेको हो । किचन क्राफ्टकी कार्यकारी निर्देशक अंकिता राठीले काठमाडौंमा त्रिपुरेश्वर, कमलादी र काठमाडौंबाहिर पोखरा र बुटवलमा एकै साथ स्टोर सञ्चालनमा आएको बताइन् ।  कुकर हुड्स, बुइल्ड इन हब्स, बुइल्ड इन इन्डक्सन हब्स, बुइल्ड इन बार बि क्यू, बुइल्ड इन ओभन, बुइल्ड इन डिसवासर, बुइल्ड इन माइक्रोवेभ, कुकिङ रेञ्ज, वाइन कुलर, बुइल्ड इन रेफ्रिजेरेटर, ओटीजी, कुक टप्स, भेन्टिलेसन फ्यान,  सिन्क्स, किचन एसोसरिज, हार्डवेयर एण्ड ड्रयर सिस्टम लगायत काफका स्टोरमा पाइने बताइएको छ ।  

सम्बन्धित सामग्री

मेगा किचन स्थापना सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशका एक एक स्थानीय तहमा मेगा किचन स्थापना गर्ने घोषणा गरेको छ ।

पिजनका घरेलु प्रयोगका उपकरण नेपाली बजारमा

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रोन प्रालिले भारतको होम एन्ड किचन सोलुसन्स ‘पिजन’ ब्रान्डका उत्पादन नेपालमा सार्वजनिक गरेको छ । लक्ष्मी इलेक्ट्रोन र पिजनका अधिकारी तथा ३० भन्दा बढी प्रमुख डिलरको उपस्थितिमा मिक्सर,...

मौलिक साँस्कृतिक "मगर्स किचन" मा लाग्यो ताला

नयाँका लागि र बाह्य पर्यटकहरुको एउटा अध्ययन गन्तव्यको विगुल बोकेको बुटवलको "मगर्स किचन"

मौलिक साँस्कृतिक "मगर्स किचन" मा लाग्यो ताला

नयाँका लागि र बाह्य पर्यटकहरुको एउटा अध्ययन गन्तव्यको विगुल बोकेको बुटवलको "मगर्स किचन"

चारतारे होटलको ‘किचन’ मा महिला सेफ

काठमाडौँ– नेपालमा सञ्चालित अधिकांश तारे होटलमा पुरुष कार्यकारी सेफ्स रहे पनि ठमेलस्थित एक चारतारे होटलमा भने नेपाली महिलाले कार्यकारी सेफ्सको रूपमा नेतृत्व गरेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित भेटघाट चोकमा जन्मनुभएकी कार्यकारी सेफ्स भोजकुमारी शाहले पछिल्लो एक महिनादेखि ठमेलस्थित अमेरिकी चेन होटल रमदा ईन्कोर काठमाडौँको किचनको नेतृत्व सम्हालेकी हुन्। उनी रमदाको कन्टिनेन्टल सेफ्स छिन् […]

नेवारी स्वाद पस्कदै ज्वःजलपा नेवारी किचन

पोखरामा बिरलै पाइने यो घर पोखरा महानगरपालिका–३ तेर्सापट्टीमा रहेको ज्वःजलपा नेवारी किचन हो। यहाँ पुग्दा जोकसैलाई नेवार गाउँको कुनै नेवार घरमा पुगेको झल्को लाग्छ। जसले संस्कार र संस्कृतिको अनुभूति त दिलाउँछ नै, त्यहाँ राखिएका नेवारी परम्परागत डिजाईन र संस्...

सुन्दर र सहज व्यवस्थापनका लागि मोड्युलर किचन

काठमाडौं । मानिस स्वभाव प्रकृति र परिवर्तनप्रेमी दुवै हुन्छ । मानिस यसकारण प्रकृतिप्रेमी हो किनकि उसलाई राम्रोसँग ज्ञान छ, कुनै समय पृथ्वीमा डाइनासोर थियो । उसलाई यो पनि ज्ञान छ, ती कसरी पृथ्वीबाट लोप भए । त्यसैगरी मानिस परिवर्तनप्रेमी पनि हो । ऊ सधैं खोज अनुसन्धानद्वारा नयाँ–नयाँ वस्तुको आविष्कार गर्न चाहन्छ । आज प्रयोग गरेको वस्तु समयक्रममा त्यसलाई नयाँ रूपमा विकास गर्नु मानवीय स्वभाव हो । मानिस परिवर्तन चाहन्छ भने विज्ञानले त्यसको पूर्ति गरिदिन्छ, नयाँ आविष्कार र वस्तु परिस्कारद्वारा । समयको परिवर्तनसँगै मानिसको खोज–अनुसन्धान, चेतनास्तरको विकास, विज्ञान, प्रविधिको विकास सम्भव भएको हो । वस्तु परिस्कारको प्रतिफल हो, मोड्युलर किचन । अप्ठेरोबाट सजिलोतिर भनेझैं हामीले प्रयोग गर्दै आइरहेको आधुनिक भनिएको किचनमा केही सुधार र केही नयाँ सामग्री थप गरिएको मात्र हो । मोड्युलर किचन भनेको पूर्वनिर्मित या तयारी क्याबिनेट हो र यसमा प्रयोग गरिने एसेसरिज (सामग्री) हो । कारखानामा बजारमा उपलब्ध हुने सामग्रीको नापअनुसार क्याबिन तयार पारिन्छ र ती सामग्री फिट गरिन्छ । क्याबिन काठ, आल्मुनियम, युपिभिसी, प्लाइउड, फाइबर बोर्डजस्ता सामग्रीबाट बनाउन सकिन्छ । मोड्युलर किचेनका विशेषता मोड्युलर किचन आधुनिक डिजाइन र शैलीमा निर्माण गरिएका हुन्छन् । यी हेर्दा मनमोहक, सुन्दर र प्रयोग (युजर फ्रेन्डली) गर्न सजिलो हुनु हो । यसको अर्को प्रमुख विशेषता भनेको ठाउँ व्यवस्थापन हो । यसले किचनका सामान छरपस्ट हुन पाउँदैन र किचनको सौन्दर्य बिग्रन दिँदैन । ठाउँ व्यवस्थापन किन हो भने किचनको साइजअनुसार क्याबिन तयार गरिएको हुन्छ । क्याबिनभित्र विभिन्न एसेसरिज फिट गरिएको हुन्छ । किचेन फोहोर हुन पाउँदैन र सफा गर्न पनि सजिलो हुन्छ । मोड्युलर किचनमा प्रयोग गरिने सामग्री किचनको साइजअनुसार विभिन्न प्रकारका क्याबिन तयार पारिएको हुन्छ । क्याबिनको साइजअनुसार नै तयारी एसेसरिज फिट गरिन्छ । बजारमा १६ इन्च, १७ इन्चका स्टिलनेस स्टिलका बास्केट (ट्रे) उपलब्ध छन् । सोही साइजअनुसार क्याबिन तयार गरिएको हुन्छ । बास्केट प्लेन बास्केट, वायर बास्केट, थाली वा प्लेट बास्केट, कटलेरी बास्केट, कप ससर बास्केट, अन्डर सिन्क बास्केट, डिस ड्रेनिङ बास्केट, बिन बास्केट, बोतल बास्केट आदि हुन्छन् । यिनीहरूमा पनि पुल आउट बास्केट र टल युनिटको प्रयोग बढी मात्रामा गरिएको हुन्छ । पुल आउट बास्केट किचन क्याबिनमा काँटा, चम्चा, प्लेट, कचौरा, थाल आदि राख्न प्रयोग गरिन्छ । त्यसैगरी टल युनिटमा किचनको साइडमा तरकारी, नुन, तेल, मसलाजस्ता सामग्री राख्न प्रयोग गरिन्छ । यसरी क्याबिनको प्रयोग र त्यसभित्र बास्केटको प्रयोग गरेर सामग्री राख्ने गर्नाले एकातिर सानो ठाउँलाई व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ भने अर्कोतिर जथाभावी सामान राखेर किचेनको सौन्दर्यलाई बिग्रन दिँदैन । मोड्युलर किचनको प्रयोगबाट हुने फाइदा आधुनिक किचनको प्रयोग गरेर फाइदा नहुने भन्ने प्रश्नै गलत हुन जान्छ । पहिलो फाइदा त ठाउँको उचित व्यवस्थापन नै हो । सानो ठाउँका लागि यो मोड्युलर किचनको अवधारणा अति उपयुक्त सावित हुन सक्छ । त्यसैगरी फिटिङ गर्न सजिलो छ किनभने यसको सामग्री झिकेर सफा गर्न मिल्ने र फेरि फिट गर्न मिल्ने स्वभावको हुन्छ । त्यसैकारण पनि यो किचन एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि सजिलो छ । यो प्रयोगको हिसाबले अति सुविधायुक्त छ । यसको प्रयोगले सामग्री भण्डारण अति उपयोगी छ । सामग्री राख्न क्याबिनमा विभिन्न आकारका बास्केट फिट गरिएको हुन्छ । यसले गर्दा सामान संरक्षण गर्न उपयुक्त हुनुका साथै यत्रतत्र सामान राखेर किचन फोहोर हुनबाट बचाउँछ । घरमा आधुनिक मोड्युलर किचन फिट गरेसँगै चिम्नी जडान गर्नु अति सुन्दर मान्न सकिन्छ । किनभने, चिम्नीको प्रयोगले किचनबाट निस्कने धुवाँ, ग्यासजस्ता फोहोरलाई बाहिर पठाउन सहयोग गर्छ । यसले गर्दा किचन फोहोर हुन पाउँदैन । सुन्दर, सफा, वातवरणमैत्री, सुविधायुक्त वस्तुको प्रयोग सहरका लागि फेसनजस्तै हो । एउटा घरको किचन जति सफा, सुग्घर छ, त्यहाँ रोगव्याधि पनि कमै हुन्छ । मोड्युलर किचन आर्थिक रूपमा केही खर्चिलोजस्तो देखिए पनि स्वास्थ्यका लागि यसको प्रयोग अति उत्तम सावित हुन सक्छ ।

पर्वतमा ‘किचन गार्डेन’ कार्यक्रम सुरु

पर्वत, २० असोज । महाशिला गाउँपालिकामा जिल्लामै पहिलोपटक ‘किचन गार्डेन’ कार्यक्रम सुरु गरिएको छ । महाशिला–५ लुङ्खुदेउरालीमा किचन गार्डेन कार्यक्रम सुरु गरिएको हो । हरेक घरधुरीमा उपभोग हुने तरकारी, फलफूललगायत उत्पादनबाट गाउँ, समाज, वडा र सिङ्गो पालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो । यस वर्षदेखि सुरु भएको कार्यक्रमअन्तर्गत वडा नं ५ का […]

शनिबारदेखि काठमाडौंमा ‘रसियन किचन डे’

२२ चैत, काठमाडौं । शनिबारदेखि काठमाठाडौंमा 'रसियन किचन डे' हुने भएको छ । विभिन्न प्रकारका रसियन खानाहरुको स्वाद लिन पाइने रसियन किचन डे भोलिदेखि काठमाडौंको र्‍याडिशन होटलमा शुरु हुने भएको हो । शनिबार ( ६ अप्रिल) …

कृष्ण किचन सोलुसनको मोडुलर किचन

काठमाडौं तीनकुनेस्थित कृष्णा मार्बलले, भरमोरा टायल/मार्बल बिक्री गर्दै आइरहेकोमा ग्राहक वर्गको सुविधालाई मध्यनजर गर्दै कृष्ण किचन सोलुसनले कुचीना ब्रान्डकोे मोडुलर किचनका सामग्रीहरू नेपालमा पहिलो पटक बिक्री वितरण सुरु गरेका जनाएको छ ।