काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरको दौडधुप जारी छ । बिहानदेखि विभिन्न वार्ता र छलफल गर्दै विपक्षी गठबन्धनलाई असफल बनाएपछि भारतीय दूतावास पुगेका उनी त्यहाँबाट फर्किएर केपी ओलीलाई अग्रिम बधाई दिन बालुवाटारमा पुगेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरी आफ्ना सांसदलाई भक्तपुरको रिसोर्टमा राखेर ठाकुर दिउँसो लैनचौरस्थित भारतीय दूतावास […]