चिकित्सा शिक्षा आयोगलाई विद्यार्थीहरूको प्रश्न– हामीलाई मानसिक तनाव कहिलेसम्म ?

काठमाडौँ । सङ्खुवासभा, धर्मदेवी नगरपालिका–९ का १८ वर्षीय प्रमोसु दाहाल यतिबेला काठमाडौँमा छन् । गत भदौमा प्लस टु को नतिजा आएपछि उनी एमबीबीएसको तयारीमा लागे ।एमबीबीएस पढ्ने सपना बोकेर काठमाडौँ हानिएका उनी यतिबेला तनावमा छन् । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययनका लागि लिनुपर्ने एकीकृत प्रवेश परीक्षा (इन्ट्रान्स) को फारम नखुल्दा उनी तनावमा परेका हुन् ।उनीमात्रै नभएर उनीजस्ता हजारौँ विद्यार्थी यतिबेला तनावमा छन् । आयोगको वार्षिक कार्यतालिका अनुसार कात्तिकको तेस्रो सातामा परीक्षाका ल