कतारको मासिक डेढ लाख तलब छाडेर गाउँमै गाई पाल्दै गंगाबहादुर

पर्वत : मोदी गाउँपालिका–५ बाजुङका गुराँस बारीका ३९ वर्षीय गंगाबहादुर क्षेत्री १३ वर्ष कतारमा बसेर नेपाल फर्किएका व्यक्ति हुन्।चाख लाग्दो त यो छ की ‘लेवर’ को रूपमा मासिक पाँच सय रियल कमाउने सम्झौतामा गएका उनी इन्जिनियरिङको क्षेत्रमा आउने ‘सर्भेयर’ बने। कतार छोडेर नेपाल फर्किने बेलामा उनको मासिक तलब नेपाली झण्डै एक लाख रुपैयाँ थियो।गएपछि काम सिकेर सडक र पुलको ‘सर्वे’ गर्ने अनुभव सँगालेका क्षेत्री अहिले गाउँमै छन्। कतारबाट आएर गाउँमा बसेको बेलामा गाउँपालिका