बागमती – यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा छ जनाको उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन जना महिला र तीन जना पुरुष गरी छ जनाले उम्मेदवारी दर्ता गराएका छन्। […]
काठमाडौं । भक्तपुरकाे गुन्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । पुस २७ को पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानमा अध्यक्ष ओलीलाई निम्तो दिएको दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
काठमाडौं – काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ । आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बा४ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए । उनले भने, “बस सडकबाट करिब १०० मिटर तल खस्दा […]