पारिश्रमिक नदिने सञ्चारगृहविरुद्ध संघर्ष अघि बढाउने महासंघको निर्णय

काठमाडौं : नेपाल पत्रकार महासंघले पारिश्रमिक नदिने सञ्चारगृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने निर्णय गरेको छ। शुक्रबार अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले दशैँअगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित श्रमजीवी पत्रकार ऐनले तोकेका सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई सहज वातावरण निर्माण गर्न आग्रह गरेको छ। श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सवालमा सरकारका तर्फबाट खासै सक्रियता नदेखिनु र सञ्चारगृहबाट श्रमका सवालमा श्रमजीवी पत्र