भारतमा सिलिन्डर विस्फोट, पाँचको मृत्यु, पचास घाइते

जयपुर : भारतको राजस्थान राज्यमा विवाह भोजमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।राजस्थानको राजधानी जयपुरबाट ४३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका वेला सिलिन्डर विस्फोट भएको हो। मृत्यु हुनेमा दुई बालबालिकासमेत रहेको जोधपुर जिल्ला कलेक्टर कार्यालयका एक अधिकारीले जानकारी छन्।घाइतेहरू सबै जलेका र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। तीमध्ये १२ जना गम्भीर

सम्बन्धित सामग्री

भारतमा सिलिन्डर विस्फोट : पाँचको मृत्यु, पच्चास घाइते

एजेन्सी । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । राजस्थानको राजधानी जयपुरबाट चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो […]

विहारमा ग्यास सिलिन्डर विस्फोट, एकै परिवारका ५ को मृत्यु

झापा : भारतको विहार राज्यस्थित किशनगञ्जमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका चार बालबालिकासहित पाँचको मृत्यु भएको छ।झापाको सीमासँग जोडिएको किशनगञ्ज जिल्लाको सलाम कोलोनीमा सोमबार बिहान स्थानीय स्वामी नूर बाबुको घरमा ग्यास सिलिन्डर विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।सिलिन्डर विस्फोटपछि घरमा आगलागी हुँदा घरधनी ४४ वर्षीय नूर बाबु, उनका छोरीहरू ८ वर्षीया तोहफा, ६ वर्षीया बबली, छोराहरू ४ वर्षीय रहमत र २ वर्षीय शाहिदको जलेर मृत्यु भएको छ। विस्फोटमा नूर बाबुको श्रीमती ३२ वर्षीया शहजादी