मोरङ। बिहेका लागि कर गर्न थालेपछि प्रेमिकाको हत्या गरी फरार रहेका रतुवामाई नगरपालिका–६ का ३१ वर्षीय सुफल हस्दालाई डेढ महिनापछि प्रहरीले पक्राउ गरेको छ। हस्दाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३० वर्षीया सरिता सोरेनको गत वैशाख १९ गते हत्या गरेका थिए। उनलाई सुदूरपश्चिमको कञ्चनपुरबाट पक्राउ गरेर प्रहरीले ल्याएको हो। सरिता एकल महिला हुन्। सुफलका घरमा दुईवटी पत्नी छन्।