काठमाडौँ – बडादसैँको छैठौँ दिन आज नवदुर्गामध्येकी कात्यायनी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक-एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा आराधना गर्न लागिएको हो। आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ। आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको […]