कास्की – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेसँगै गण्डकी प्रदेशमा को मुख्यमन्त्री हुने भन्ने चर्चा बढेको छ । प्रदेश प्रमुखले यही पुस २५ गते दिउँसो ४ बजेभित्र दाबी पेस गर्न हिजो बिहीवार आह्वान गर्नुभएको हो ।
प्रदेश सभामा कुनै एउटा दलको बहुमत नआएपछि प्रदेश प्रमुखले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्नका लागि दाबी पेस गर्न आह्वान ...