काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा निर्णय लिन आज महाभियोग सिफारिश समितिको बैठक बस्दै छ। समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन आज बिहान ९ बजे समितिको बैठक पुनः बोलाइएको हो।जबरासँगको प्रश्नोत्तरसहितको बयान लिने काम सकिएकाले पूरक प्रश्न सोध्ने विषयमा निर्णय लिन बैठक बोलाउने निर्णय गरिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।&