विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नजिक

६ भदौ, काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नजिक पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शनिबार विहानसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या सात लाख ९७ हजार सात सय ८७ पुगेको छ …

सम्बन्धित सामग्री

थपिए ४ हजार ९०४ जना कोरोना संक्रमित, ५ हजार ९२४ जना संक्रमणमुक्त

माघ १५, काठमाडौं । नेपालमा विगत २४ घण्टामा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार मुुलुकभर गरिएको १० हजार १०१ पीसीआर र ४ हजार ४६१ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  उक्त अवधिमा छ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ।  योसँगै  नेपाल कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३९२ जना पुगेको छ। मन्त्रालयले कुल संक्रमितमध्ये ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेको बताएको छ । विगत २४ घण्टामा ५ हजार ९२४ जना संक्रमणमुक्त भएका छन्। योसँगै मुलुकभर संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ।  हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ। हाल १३९ जना क्वारेन्टाइनमा,२८६ जना आईसीयूमा र ४७ जना भेन्टिलेटरमा रहेका छन् ।  काठमाडौं उपत्यकामा थपिए १ हजार ८२० संक्रमित  काठमाडौं उपत्यकामा १ हजार ८२० जना कोरोना संक्रमित थपिएका छन्।  विगत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका तीन ओटा जिल्लामा थप १ हजार ८२० जनामा संक्रमण पुष्टि भएको हो।  थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौंमा १ हजार ४०४ जना संक्रमित थपिएका छन् भने ललितपुर जिल्लामा ३०५ जना र भक्तपुर जिल्लामा १११ जना संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ । तेस्रो लहर ओरालो लागेको हो ? गत सातादेखि निरन्तर ओरालो लागिरहेको कोरोना भाइरसको संक्रमण दर शनिवार भने गत माघ १ गते नजिककै अवस्थामा झरेको छ। तर परीक्षण घटेकाले संक्रमण दर घट्दै गएको भनेर ढुक्क हुन सकिने अवस्था अझै नआइसकेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। अघिल्लो साताको अन्त्यमा परीक्षण गराउनेमध्ये आधाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।  गत माघ १ गते ३१ दशमलव ८ प्रतिशत रहेको संक्रमण दर त्यसयता निरन्तर बढेर माघ ८ गते ५० दशमलव ८ प्रतिशतसम्म पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गत माघ १० गतेपछि भने निरन्तर घट्दै गएको कोरोना संक्रमण दर शनिवार ३३ दशमलव ७ प्रतिशतमा झरेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार संक्रमित हुनेहरूको संख्या पनि केही दिनयता घट्दै गइरहेको देखिन्छ। मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलले पछिल्लो समय सक्रमण घटेको बताए। उनले यही नै रेन्जबाट थप घट्दै जाला नै भन्ने आकलन हो, थप नयाँ भेरिएन्ट आएन वा भिडभाड हुने गतिविधि बढेनन् भने अब नबढ्ला भनेका छन् । संक्रमण दर र संक्रमित हुनेहरूको संख्यामा कमी आएसँगै देशभरि भएका सक्रिय संक्रमितको संक्रमितको संख्या पनि घट्न थालेको छ।

थप ३८२ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य

पुस १७, काठमाडौं । नेपालमा विगत २४ घण्टाको अवधिमा नेपालमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छैन । शुक्रवार भने ४ जनाको मृत्यु भएको थियो । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ५ हजार ७ पीसीआर परीक्षणमा ३४२ जना र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी कुल ३८२ जनामा भाइरसको संक्रमण देखिएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९६९ पुगेको छ । यसैगरी, शनिवार २५२ जना निको भएसँगै हालसम्म ८ लाख १२ हजार २१० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

थप २४१ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य

पुस १५, काठमाडौं ।नेपालमा विगत  २४ घण्टाको अवधिमा नेपालमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छैन । बुधवार भने २ जनाको मृत्यु भएको थियो । त्यस्तै, पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ६ हजार ८१४ पीसीआर परीक्षणमा २३५ जना र २ हजार ८३ एन्टिजेन परीक्षणमा ६ जना गरी कुल २४१ जनामा भाइरसको संक्रमण देखिएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ पुगेको छ । यसैगरी, बिहीवार २२८ जना निको भएसँगै हालसम्म ८ लाख ११ हजार ७४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो

एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या मङ्गलबार ८ लाख नाघेको यहाँका स्वास्थ्य अधिकरीहरुले पनि स्पष्ट गरेका छन् । मङ्गलबार यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख २६६ पुगेको सो विश्वविद्यालयको तथ्यांकमा बताइएको छ ।