काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को खेलकुद विभाग प्रमुख दमन बस्नेतले राजीनामा दिएका छन्। बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा पत्र लेख्दै पार्टीको साधारण सदस्यसमेत नरहने जनाएका हुन्।
बस्नेतले पछिल्लो समय पार्टीमा सैद्धान्तिक र वैचारिक विचलन आएको, गुटगत राजनीति बढेको र जडसूत्रवादी चिन्तन देखिन थालेको भन्दै त्यसबाट आफू निराश भएको बताएका छन्।