नेपाल आयल निगमले अब घाटा सहन नसकिने उद्घोष गरेको छ । सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयलाई पत्र पठाउँदै निगमले वार्षिक १० अर्ब माथिको घाटा अब निगमले धान्न नसक्ने बताएको हो । रुस र युक्रेन युद्धको प्रभाव अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि नेपालमा भने मूल्य समायोजन हुन नसक्दा निगमको घाटा निरन्तर बढीरहेको बताएको छ । सोही सन्दर्भमा सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयलाई पत्र पठाएको निगमले पछिल्लो जुलाई १ को नयाँ मूल्य अनुसार निगमको