बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण

म्याग्दी।म्याग्दी प्रवासी नेपाली संघ(मोना)अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ।गत वर्ष पहिरोले घर भत्किएका,पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चाबी हस्तान्तरण गरिएको हो।जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहीनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्डानुसारका प्रतिघर पाँच/पाँच लाख गरी कुल दुई करोडको लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।

सम्बन्धित सामग्री

हेलम्बुका बाढी–पहिरो पीडितलाई आवास

काठमाडौँ– हिमालयन फाउन्डेसन कर्प न्युयोर्क एण्ड क्यालिफोर्नियाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बाढीपहिरो पीडित परिवारलाई आवास उपलब्ध गराएको छ । फाउन्डेसनले हेलम्बुको सिन्धुपाल्चोकमा अमेरिकाको मेरिल्याण्ड राज्यका पहिलो नेपालीमूलका विधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पहिलो घर हस्तान्तरण गरेको हो । कार्यक्रममा डा. भण्डारीसहित फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठ, शस्त्र प्रहरीका पूर्वआईजीपी शैलेन्द्रकुमार श्रेष्ठ, पूर्वडीआईजी केबी ब्रम्हचार्य, वरिष्ठ […]