काठमाण्डाै – पाँच दिनदेखि नियमित रूपमा काठमाण्डाै उपत्यकाको फोहर व्यवस्थपान हुन थाले पनि अझै धेरै ठाउँकाे फाेहर उस्तै छ ।
१२ दिनसम्म उठ्न नसकेको फोहर यही फागुन १२ गतेदेखि विसर्जन हुन थाले पनि अझै सडक किनारमा थुपारिएको फोहर काठमाण्डाै महानगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन । यसको प्रत्यक्ष असर यातायात आवागमनमा र पैदल यात्रीलाई परेको छ । अहिलेसम्म कामपाको कालिमाटी, टङ्केश्वर चोक र डल्लु पुलमा थुपारिएको फोहर विसर्जन हुन सकेको छैन । लामो समयसम्म एकै ठाउँमा फोहर रहँदा दुर्गन्ध फैलिएर थप समस्या भएको छ ।&nbs...