लामो पुलले फेरियो खुङ्खानीवासीको दैनिकी

बागलुङ : तीन वर्ष अगाडिसम्म बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ५ खुङ्खानीका सयौँ नागरिकलाई खुङ्खानीखोला वारपारमा निकै समस्या थियो।खोलाभन्दा गाउँमाथि रहेको हुँदा वल्लोपल्लो गाउँ गर्नका लागि घण्टौँ लाग्ने गथ्र्यो। वर्षात्‌को समयमा झनै कठिन थियो। दुई वर्ष अगाडि तमानखोला गाउँपालिका वडा नम्बर ५ खुुङ्खानीदेखि ठूलो बिसौना जोड्ने झोलुङ्गे पुल बनेपछि वर्षौंदेखि स्थानीयले झेल्नुपरेको सास्ती अन्त्य भएको छ।पुलले दुई गाउँलाई मात्र जोडेन गाउँलेहरुको मनलाई पनि जोड्यो। पुल बनेपछि खुङ्खानी, था