अरुण प्रवेश मार्ग मुआब्जा विवाद : उच्चस्तरीय कार्यदलले थाल्यो काम

संखुवासभा : संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा विवादसम्बन्धी उच्चस्तरीय कार्यदलले काम शुरु गरेको छ। उच्चस्तरीय कार्यदलका संयोजक पूर्वसचिव अर्जुनजङ्ग थापासहित ३ सदस्यीय टोलीले अरुण तेस्रो प्रवेश मार्ग छुट मुआब्जा विवादसम्बन्धी अध्ययन थालेको हो। मन्त्रिपरिषदको बैठकले गत कात्तिक १६ गते  पूर्वसचिव थापाको संयोजकत्वमा पूर्व सह-सचिव जनकराज दाहाल र पूर्व सह-सचिव पद्मनिधि सोतीसहितको उच्चस्तरीय कार्यदल गठन गरेको थियो।छललफलमा उच्चस्