काठमाडौं । हास्य अभिनेता जितु नेपालले डिजिटल र स्टेज प्लेटफर्ममार्फत यस वर्षको गाईजात्रा सञ्चालन गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भोलि बिहीबारदेखि भदौ २० गतेसम्म आफ्नो युट्युब च्यानलमा ‘जितुको हास्यव्यंग्य गाईजात्रा-२०८०’ ल्याउने जानकारी दिए । स्टेज कार्यक्रमतर्फ भने उनी हास्य व्यंग्य क्षेत्रको समूहसहित ‘रुस्लान कमेडी यात्रा’मार्फत मुलुकका विभिन्न सहरमा पुग्ने भएका […]