छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : धनुषा र रूपन्देहीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ उद्योगपुरीमा गएराति स्कुटर दुर्घटना हुँदा चालक गुल्मी हस्तिचौरका २३ वर्षीय सन्तोष खत्रीको मृत्यु भएको हो। लु ५५ प ४७५९ नम्बरको स्कुटर अनियन्त्रीत भएर पल्टिदा गम्भीर घाइते चालक खत्रीको उपचारका लागि भैरहवास्थित भिम अस्पताल पु¥याउनसाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जनकपुर उपमहानगरपालिका २३ बिन्ही स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भ