डेंगुबाट थप एकजनाको मृत्यु,४० हजारभन्दा बढीमा संक्रमण

काठमाडौं :डेंगु संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या जम्मा ४८ जना पुगेको छ।गत साउनदेखि हालसम्म ४० हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। ७ वटै प्रदेशको ७७ वटै जिल्ला यो संक्रमण फैलिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

सम्बन्धित सामग्री

२ हजारभन्दा तल झर्‍यो सक्रिय संक्रमितको संख्या

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजारभन्दा तल झरेको छ। शुक्रबार देशभर १ हजार ९६० जना सक्रिय संक्रमित रहेका छन्।  नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भारतमा थप १ लाख २७ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, २२ माघ। भारतमा पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ९५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमोक्रन’ भेरियन्ट र त्यसको ‘सब-भेरियन्ट’ फैलिएसँगै भारतमा उकालो लागेको संक्रमण दर हाल घट्दै गएको छ। यद्यपि, मृतकको संख्या भने बढ्दै गइरहेको छ। केहीदिनदेखि भारतमा दैनिक एक हजारभन्दा बढीको मृत्यु भइरहेको छ। शुक्रवार […]

नेपालमा एकैदिन थपिए पाँच हजारभन्दा बढी कोरोना संक्रमित

नेपालमा एकैदिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतमा थप १ लाख ५९ हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, २५ पुस। भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार भन्दा बढीमा कोरोना भाइरस पुष्टि भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार आज (आइतबार) १ लाख ५९ हजार ६३२ नयाँ केसहरु भेटिएका हुन् । यो अवधिमा ३२७ जनाको मृत्यु भएको छ । भारतमा अहिले सक्रिय केसहरुको संख्या ५ लाख ९० हजार छ । […]

थप कोरोना संक्रमितको संख्या १ हजारभन्दा तल

काठमाडौँ– नेपालमा शनिबार थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार १ सय ३७ पीसीअर परीक्षणका क्रममा ७ सय ७७ जना र ३ हजार ७ सय ३ एन्टीजेन परीक्षणका क्रममा २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको […]

भारतमा एकैदिन ४३ हजार भन्दा बढीमा देखियो कोरोना संक्रमण

भारतमा ४३ हजार ६५४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। हप्तौंपछि भारतमा एकैदिन ४० हजारभन्दा बढी संक्रमित पहिचान भएका हुन्। यस्तै, ४१ हजार ६७८ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९९ हजार ४३६ पुगेको छ। कोभिड १९ संक्रमणका कारण थप ६४० जनाको मृत्यु…

५४ देशमा रहेका ८६ हजारभन्दा बढी नेपालीमा कोरोना संक्रमण

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको जानकारी दिएको छ। यो संख्या नेपालभन्दा बाहिर रहेका संक्रमित नेपालीको हो। संक्रमितमध्ये ८२ हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन्। यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ।

दिल्लीमा लकडाउनको अवधि थप

भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण नरोकिएको भन्दै लकडाउनको अवधि थप गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार साँझ यसको घोषणा गरेका हुन् । यसअघि ३ मेको बिहान ५ बजेसम्मका लागि लकडाउन लागू गरिएको थियो । यसलाई बढाएर १० मे बिहान ५ बजेसम्मका लाथि थप गरिएको छ ।पछिल्ला १५ दिनदेखि दिल्लीमा २० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् । अन्तिमपटक १६ अप्रिलमा २० हजारभन्दा कम संक्रमित फेला परेका थिए । शुक्रबार नयाँ संक्रमितको संख्या २७ हजार ४७ रहेको थियो । त्यही अवधिमा थप ३७५ जनाले ज्यान गुमाएका थिए

भारतमा एकै दिन ६२ हजारभन्दा बढी संक्रमित थपिए, २९२ जनाको मृत्यु

भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। त्यहाँ गत २४ घण्टाभित्र थप ६२ हजार २९१ जनामा संक्रमण पुष्टि भएको हो।

भारतमा ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या पनि बढ्दै

भारतमा पछिल्लो २४ घण्टामा ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार बिहानसम्म थप ४७ हजार २६२ जनामा संक्रमण देखिएको हो। यससँगै भारतमा १ करोड १७ लाख ३४ हजार ५८ जनामा संक्रमण देखिएको छ। यस्तै, भारतभर १ लाख ६० हजार ४४१ जनाको संक्रमणका कारण मृत्यु भएको…