'उन्नत जात'को घाँस खुवाउँदा गुल्मीमा ११ बाख्रा मरे, ३० बिरामी

गुल्मी : गुल्मीमा कलिलो अवस्थाको उन्नत जातको घाँस खुवाउँदा ११ वटा माउ बाख्रा मरेका छन्। जिल्लाको चन्द्रकोट गाउँपालिका –७ रुपाकोटको सिद्धेश्वर बाख्रा फर्मका जमुनापारी र बोयर जातका बाख्रा मरेका हुन्। लगातार तीन दिनसम्म परेको वर्षाका कारण बाख्रालाई उन्नत जातको नेपियर, सुडान जातको कलिलो घाँस खुवाइएको र त्यसपश्चात बाख्रा बिरामी परेका संचालक महाशर्मा भण्डारीले बताए।घाँस खुवाएको एक दिनपछि बाख्रा एक्कासि बिरामी परेका र सोमबार साँझ ११ वटा बाख्रा मरेका भण्डारीले बताए। कलिलो घाँस खुवाए