कृष्ण सिटौला र राजेन्द्र लिङ्देनको क्षेत्रमा एमालेबाट दुर्गा प्रसाईं भिड्ने !

यतिबेला स्थानीय तह चुनावको चहलपहल बढेको छ । तर, झापा क्षेत्र नम्बर ३ मा भने एक वर्षपछि हुने संसदीय चुनावको चर्चासमेत सुरु भएको छ । एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीबाट आफूले टिकट पाइसकेको भन्दै झापा क्षेत्र नम्बर ३ मा चुनावी अभियान थालेका छन् । स्रोतका अनुसार प्रसाईंले काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई टेलिफोन गरेर क्षेत्र नम्बर ३ मा एमालेले आफूलाई खटाएको हुनाले उक्त क्षेत्रमा उम्मेदवार नबन्न आग्रह गरेका छन् । प्रसाईंले सिटौलालाई नाताले मामा भन्छन् ।