महानगरलाई वीर अस्पतालले भन्यो : घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाएका छौं, गएर हेर्नू

काठमाडौं : वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ। काठमाडौं महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै अस्पताल प्रशासनले राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो। महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख…