काठमाण्डाै - एसीसी महिला टी–२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित हुँदा नेपाल बाहिरिएको छ । यूएई फाइनलमा पुगेको छ ।
मलेसियाको किनरारा मैदानमा पानी परेपछि नेपाल र यूएईबीचको खेल हुन सकेन । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई ८२ रनको लक्ष्य सामान्य लक्ष्य दिएको थियो। यूएई १९ ओभर ५ बलमा ८१ रनमा समेटियो ।
यूएईकी वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । त्यस्तै इशा रोहितले १५ र कप्तान छाया मुघलले १४ रन जोडिन् । नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन्। उनी प्लेयर अ...