सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै सप्तरीमा कोरोना पोजेटिभ हुनेको संख्या १ सय ५४ पुगेको सप्तरीका जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए । उनले भने, ‘बुधबार पिसिआरका लागि ३३ जनाको स्वाब संकलन गर्दा बिहीबार ३० जनाको कोरोना पोजेटिभ देखिएको हो ।’संक्रमितमध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका व्यक्ति रहेका छन् । संक्रमितमध्ये सबैजना होम आइसोलेसनमा रहेका छन् । जिल्लामा ज्वरोका बिरामी बढेका छन् । रुघाखोकी लाग्ने, ज्वर