आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान प्रतिबन्ध

काठमाडौं । सरकारले आजबाट  सिंहदरबारभित्र ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटको बुँदा नम्बर २५२ ‘मा एलपी ग्यास छोडौं, बिजुली जोडौं’ भन्ने नारासहित ग्यास विस्थापित गर्ने उद्देश्य आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार […]

सम्बन्धित सामग्री

ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, पाँचजना घाइते

बारा, निजगढ नगरपालिका-७ निजगढ बजारस्थित रोहित वर्कशप लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा उक्त वर्कशपका संचालक सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय रेशम मगरको सोमबार दिउँसो मृत्यु भएको छ । गम्भीर घाइते भएका मगरको बयोधा अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त सिलिण्डर पड्किँदा घाइते भएका ५ जनामध्ये ४ जनाको …

आयल निगमले भन्यो– १४.२ केजी क्षमताभन्दा बढीका ग्यास सिलिण्डर बिक्री नगर्नू

काठमाडौं : नेपाल आयल निगमले १४.२ केजी क्षमताभन्दा बढीका ग्यास सिलिण्डर प्रयोगमा नल्याउन र बिक्री नगर्न उद्योगहरूलाई सचेत गराएको छ। निगमले शुक्रबार सूचना जारी गरी ५० केजी र ४५० केजी क्षमताका सिलिण्डर ग्यास भरेर बिक्री भइरहेको खबर आएको भन्दै त्यो नगर्न सचेत गराएको हो।निगमले एलपी ग्यास विनियमावली २०६५ (संशोधनसहित) अनुसार १४.२ केजी क्षमताभन्दा बढीका ग्यास सिलिण्डर प्रयोगमा अनुमति दिन नसक्नेसमेत बताएको छ। त्यसैले यी परिमाणमा ग्यास भरेर बिक्री भइरहेको भए तुरुन्त बन्द गर्न पनि निगमले आग्रह गर

सिंहदरबारमा ग्यास सिलिण्डर लैजान रोक

काठामाडौँ । सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।

सिंहदरबारमा आजबाट ग्यास सिलिण्डर लैजान रोक

१ भदौ, काठमाडौं । सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो । सिंहदरबारको गेटमा खटिएका एकजना सुरक्षाकर्मीहरुले ग्यास सिलिण्डर भित्रै लैजान नदिन आफूहरुलाई आदेश आएको बताए । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन […]

ग्यास सिलिण्डर पड्किदा बालिकाको मृत्यु

खाना पकाउने ग्यास सिलिण्डर पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उहाँले जानकारी दिनुभयो । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् । सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका …

रुपन्देहीको मर्चवारीमा ग्यास सिलिण्डर विस्फोट

रुपन्देहीमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जना घाइते भएका छन् । जिल्लाको मर्चवारी गाउँपालिका वडा नं–५ स्थित नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेको घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको हो ।बम विस्फोटमा परी पाण्डेको बुहारी ५० वर्षीय जयमाला पाण्डेय गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ललितपुरकाे मंगलबजारमा ग्यास सिलिण्डर विस्फाेट, ४ जनाको घटनास्थलमै मृत्यु

ललितपुरकाे मंगलबजारमा ग्यास सिलिण्डर विस्फाेट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार बेलुका ६ बजेर ३६ मिनेटमा मंगलबाजारस्थित लक्ष्मीकृष्ण ताम्राकारकाे घरमा ग्यास सिलिण्डर विस्फाेट हुँदा लक्ष्मीकृष्णकाे दम्पतिसहित चार जनाकाे घटनास्थलमै मृत्यु भएकाे ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले  जानकारी  दिएकी  छन्। उनका अनुसार मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, अन्जना ताम्राकार, रजना ताम्राकार र निर्मल ताम्राकार रहेका छन्। घाइते ५ जनालाई उपचारकाे लागि अस्पताल लगिएकाे छ। घाइते हुनेमा स्नेहा,अरूष,अ...

ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विष्फोट, चार जनाको घटनास्थलमै मृत्यु

मंगलबजारमा रहेको लक्ष्मीकृष्ण ताम्राकारको घरमा शुक्रबार साँझ ग्यास सिलिण्डर विष्फोट हुँदा चार जनाको मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग

काठमाडौं। नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान ग्यास सिलिण्डर, ३० ग्यास चुल्हो र खाद्यान्न हस्तान्तरण गरे। जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा उक्त सामग्री प्रभावितलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाए।रासस

ग्यास सिलिण्डर बिस्फोट हुँदा ३ घाइते

दाङको तुलसीपुरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा श्रीमान–श्रीमतीसहित तीन जना घाइते भएका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ वनकट्टा निवासी ३५ वर्षीय लालबहादुर वली र उनकी ३३ बर्षीया श्रीमती गीता वली गम्भीर घाइते भएका छन । घटनामा परि १३ वर्षीय सिजन खड्कापनि घाइते भएका छन।घाइते वलीका श्रीमान–श्रीमतीलाई बिहीवार दिउँसो दूई बजेतिर तुलसीपुरबाट हेलिकोप्टर मार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ । १३ बर्षीय बालक खड्का भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।इलाका प्रहरी कार्याल...