सिट बाँडफाँटमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय गरेको छ। गठबन्धनको सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै अन्य राजनीतिक दलहरूसँग पनि तालमेलका लागि ढोका खुला राख्ने निर्णय गरेको हो। जसपाको शनिबार बसेको केन्द्रीय कार्यकारिणीको बैठकले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट सन्तोषजनक नदेखिएको निष्कर्ष निकालेको छ । जसपाका प्रवक्ता मनीषकुमार सुमनले एक […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय

१५ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि भइरहेको छलफल सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । र, अरु राजनीतिक दलहरुसँग पनि चुनाव तालमेल खुला गर्ने निर्णय गरेको छ । पाँचदलीय गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफलमा जसपा पनि सहभागी छ । नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७/१८ सिट जसपाले […]

जसपा पनि टुक्रियो

काठमाडौं, भदौ १० । जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएका १४ जना सांसद र कार्यकारिणी समितिका १६ सदस्यले बुधबार दिउँसो निर्वाचन आयोगसमक्ष हस्ताक्षर सनाखत गरेपछि आयोगले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई दर्ता गर्ने निर्णय गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले लोसपा दर्ता गर्ने निर्णय लिएको जानकारी दिए। लोसपा दर्ता भएसँगै जसपा औपचारिक […]

जसपा आधिकारिकताको निर्णय आजै आउने सम्भावना

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताका विषयमा निर्वाचन आयोगले आजै निर्णय गर्ने सम्भावना बढेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपा आधिकारिकताको निर्णय आजै आउने बताए ।  आयोगले कार्यकारिणी सदस्यहरूको सनाखत लिएको थियो ।  योसँगै उपेन्द्र यादव पक्षले दलको आधिकारिकताको मान्यता पाउने सम्भावना बढेर गएको छ ।  उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।

संसदमा सत्तापक्षको कुर्सीमा बस्ने जसपा यादव समूहको निर्णय

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले संसदमा सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको छ। शनिबार बसेको बैठकले भोलिदेखि सुरु हुने संसद्को बैठकमा सत्तापक्षमा बस्ने र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो। यसअघि जसपा विपक्षीको बेन्चमा बस्दै आएको थियो। उता, महन्थ ठाकुर पक्षले भने हिजै आफ्ना सांसदहरू विपक्षमा बस्ने निर्णय गरिसकेको छ।

जसपा नेता लक्ष्मणलाल कर्ण भन्छन- पार्टीको बैठक बसेको छैन र कुनै निर्णय भएको छैन

काठमाडौं। जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नबसेको र कुनै निर्णय नभएको बताइएको छ। जसपा नेता लक्ष्मणलाल कर्णले भने, "पार्टीको पहिलो अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी समितिका सदस्यलाई बैठक बारे थाहा छैन। जसपाको बैठक बसेको छैन र कुनै निर्णय भएको छैन।" आज जसपाको दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव पक्षले बैठकले सरकारविरुद्ध अविश्वासको प्रस्तावमा साथ दिने निर्णय गरेको छ।

फुट सँघारमा जसपा

जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ । जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पत्रमार्फत ‘कोही कसैलाई कारबाही नगरिएको’ जनाएका छन् । तर, जसपा अर्का अध्यक्ष उपेन्द्र यादव समूहले ‘पार्टी निर्णय नै नभ...

कसैका कारण जसपा फुट्दैन, सही समयमा निर्णय लिन्छौं– राजकिशोर यादव

जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक निकासका लागि उपयुक्त समयमा विवेकपूर्ण निर्णय लिने बताएको छ ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अधिवेशन आह्वानका अवसरमा मन्तव्य राख्दै जसपा सांसद राजकिशोर यादवले आफूहरूमाथि सत्ता लोलुपताको आरोप लगाइए पनि कसैका लागि पार्टी नफुट्ने जिकिर गरे । ‘जसपा अहिले निर्णायक छ, एकढिक्का छ । कसैका कारणले हामी फुट्नेवाला छैनौं । देशको हितमा सही समयमा सही निर्णय लिन्छौं,’ यादवले भने ।  यादवले कारागारमा रहेका सांसद रेशम चौधरीलाई राजबन्दी सरह रिहा गर्न म...