ललिता निवास जग्गा प्रकरण- माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका निर्णय झिकाउन आदेश

काठमाण्डौ – ललिता निवास जग्गा प्रकरणमा सर्वाेच्च अदालतले तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउन आदेश दिएको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई नेतृत्वको सरकारले ललितानिवासको जग्गा व्यक्तिको नाममा सट्टापट्टा गर्ने निर्णय गरेको थियो । नक्कली मोही खडा गरी ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याउनेलाई अख्तियारले भ्रष्टाचार मुद्दा लगाउनुपर्ने भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिल सिन्हा र...