प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आउने कदम चालेको भन्दै नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को प्रशंसा गरेका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल शान्तिको अन्तिम किस्ता पनि पूरा गरी शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका हुन् ।
‘नेकपाका महासचिव विप्लवलाई स्वागत, बधाई र शुभकामना भन्न चाहन्छु । जुन साहसिक कदम र ऐतिहासिक कदम चाल्नुभएको छ,’ ओलीले भने, ‘नेपालमा द्वन्द छैन । शान्ति छ ।&rsquo...