तनहुँ– भारत सरकारको अनुदान सहयोगमा निर्मित तनहुँको घिरिङ गाँउपालिकामा अवस्थित दिपक माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका बिच भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ने.रु२ […]