के काठमाडौंमा हैजा नियन्त्रण गर्न खोप चाहिन्छ?

काठमाडौं : काठमाडौं उपत्यकामा हालसम्म २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ।असारको पहिलो हप्तामा बागबजारमा दुई दिदीबहिनीमा देखिएको हैजा अहिले काठमाडौंको विभिन्न ठाउँसहित ललितपुर र भक्तपुरमा समेत देखिएको छ।हैजा मात्रै नभई पछिल्लो समय काठमाडौं उपत्यकामा झाडापखालाका बिरामी पनि बढेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नै हाल दैनिक १५ जनासम्म झाडापखालाका बिरामी उपचारमा पुग्ने गरेका छन्। अस्पतालका इमर्जेन्सी इन्चार्ज लिलानाथ भण्डारीले भने, ‘बर्खाको मौसम भएको भएर होला