शुक्रबारदेखि सरकारले सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने लागू गरेको जनाएको छ । सरकारको निर्णयअनुसार कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक स्थलमा खोप लगाएको कार्ड वा कार्डको फोटोका आधारमा मात्रै प्रवेश पाइन्छ ।