काठमाडौं : निजी सवारीसाधन ऋणमा गरिएको कडाइलाई खुकुलो परिने भएको छ। ऋण कडाइले सवारी आयातमा कमी आएर राजस्व संकलनमै असर गरेपछि सरकारको आग्रहमा राष्ट्र बैंकले सवारी कर्जा खुकुलो बनाउन लागेको हो।
सवारीसाधन ऋण खुकुलो पार्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकलाई मौखिक आग्रह गरिसकेका छन्। राष्ट्र बैंकले पनि मन्त्रीको