काठमाडौं । निर्वाचन आयोगले भोलि आइतबार मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नामावलीको अन्तिम तयारी भइरहेको बताउनुभयो । यसैबीच, आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । आयोगले शिक्षा सामग्रीलाई छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता पौडेलले जानकारी […]