लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त पदाधिकारी नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त नौ पदमा पदाधिकारी नियुक्त गरेका छन् । विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ । नवनियुक्त भएकालाई आज मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गरेका छन् । उक्त कोषमा नियुक्त भएकामा कोषाध्यक्ष ढुण्डीराज भट्टराई, कार्यकारी सदस्यमा राजेश शाक्य, नेत्र शाही, विश्वराज पौडेल तथा रामनरेश कोहार रहेका छन् ।यसैगरी परिषद् सदस्य