वीरेन्द्रनगरको दृश्य निहाल्न जर्बुटा आउनु (फोटो फिचर)

सुर्खेत : रातभर परेको वर्षाले बिहान आकाश खुलेर छर्लङ्गै भएको थियो। त्यहि छर्लङ्ग परेको खुल्ला आकाश, हरियाली वातावरण, हिलाम्य सडकमा कष्टकर यात्रा गर्दै सयाैँकाे संख्यामा सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित जर्बुटा ठाउँमा पुगेका थिए।वीरेन्द्रनगरबाट करिब आधा घण्टाको बाटोमा रहेको जर्बुटाबाट वीरेन्द्रनगरको सुन्दर मुहार आँखै अगाडि टलक्क टल्केको देख्न सकिन्छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुन्दर वीरेन्द्रनगरको आधा भागको दृश्य सहजै नियाल्न सकिन्छ।जर्बुटा पुगेर कोही टिकटक बनाउँछन् भने को