शिक्षण अस्पताल नेपालगञ्जले काेराेनाका थप बिरामी भर्ना नलिने

नेपालगञ्ज – शिक्षण अस्पताल नेपालगञ्जले अस्पतालमा उपचार गराइरहेका बाहेक थप कोरोना सङ्क्रमित बिरामी भर्ना गर्न असमर्थ रहेको जनाएको छ । अस्पताल सञ्चालक संस्था लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले बुधवार (आज) विज्ञप्ति निकालेर लिक्विड अक्सिजन ट्याङ्क सकिएको भन्दै थप बिरामी भर्ना लिन नसक्ने जानकारी गराएको हो । अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डरबाट कोभिड बिरामीको उपचार भइरहेकोमा सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले अहिले उपचार गराइरहेका बाहे...