लेस्टरमाथि ६ गोल  गर्दै सिटीले बढायो अग्रता

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६-३ गोल अन्तरले पराजित गर्दै अंक तालिकामा आफ्नो अग्रता फराकिलो पार्दै लगेको छ। उसले दोस्रो स्थानको लिभरपुलभन्दा ६ अंकको अग्रता बनाएको हो।सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा दुबै टिमले गोल वर्षा गरेका थिए। सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा केभिन डि ब्रुयन, रियाद महारेज, इल्केए गुन्डोगान र एमेरिक लापोर्टेले समान १-१ गोल गरे। लेस्टरका जेम्स म्याडिसन, एडेमोला लोकमन र केलिची इहानाचोले समान एक गोल गरेपनि टिमको हार टार्न सकेन।खेलको