काठमाडौंमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–३ का सोमलाल गोपाली, मकवानपुर दामन–९ घर भएका मनोज दोङ तामाङ र सोमलालका छोरा साहिल गोपाली रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले थानकोट मंगलोदय स्कुल नजिक बस्ने २० वर्षीय जितेन्द्र साहलाई आइतबार राति ९ बजेतिर घाँटीमा र ढाडमा चक्कु प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका साहको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा सोमवार बिहान मृत्यु भएको हो । साहको...