हाल बजारमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४२० रुपैयाँसम्म पुगेको छ । कुखुरापालकबाट प्रतिकिलो ३०० रुपैयाँमा जिउँदो कुखुरा लिएर व्यवसायीहरूले ४२० रुपैयाँमा तयारी मासु बेचिरहेका छन् । यसो हुनुमा रूस–युक्रेन युद्धदेखि मौसमसम्मले काम गरेको छ ।गत फागुन मध्यसम्म उपभोक्ताहरूले खुद्रा बजारमा कुखुराको मासु प्रतिकिलो ३५० रुपैयाँसम्ममा पाउँथे । तर, केही दिनयता मासुको मूल्य प्रतिकिलोमा ७० रुपैयाँसम्म बढेको छ । यो वृद्धि साविक मूल्यमा १६.६७ प्रतिशतसम्म बढी हो ।हाल मुलुकमा दैनिक ६० देखि ८० टन मासु खपत ह