गुणस्तरीय डिजिटल भुक्तानी

विश्वका धेरैजसो केन्द्रीय बैंकले डिजिटल करेन्सी जारी गर्ने तयारी र कतिपयले प्रचलनमा ल्याएसँगै नेपाल राष्ट्र बैंकले पनि डिजिटल करेन्सी निकाल्ने नीति लिएको छ । यसका लागि राष्ट्र बैंकले २ वर्ष अघि नै घोषणा गरेको थियो तर अहिलेसम्म अध्ययनको काम मात्रै भएको छ । डिजिटल अर्थतन्त्रको चर्चा भइरहेका बेला डिजिटल करेन्सी आवश्यक नै हो । त्यसैले राष्ट्र बैंकको तयारी सकारात्मक त देखिन्छ तर कार्यान्वयनमा जाने आधार भने देखिँदैन । विद्युतीय भुक्तानीका लागि आफ्नै स्वीच र गेटवे बनाउनसमेत नसकेको राष्ट्र बैंकले डिजिटल करेन्सी निकालिहाल्छ र त्यसको प्रयोग शुरू भइहाल्छ भनेर विश्वस्त हुने आधार अझै नदेखिएकाले नेपालमा कहिलेदेखि डिजिटल करेन्सी प्रचलनमा आउँछ यसै भन्न सकिँदैन । छिमेकी मुलुक भारतलगायतमा डिजिटल करेन्सी प्रचलनमा आइनसकेकाले नेपालमा केही समय लाग्नु स्वाभाविक हो ।  विश्वभरि नै क्रिप्टोकरेन्सीले व्यापकता पाएपछि मुद्राको पछिल्लो स्वरूप डिजिटल नै हो भन्नेमा विश्वभरिका केन्द्रीय बैंकहरू निष्कर्षमा पुगेका छन् । क्रिप्टोकरेन्सी आधिकारिक निकायले जारी नगरेकाले यसको प्रयोग जति नै बढे पनि त्यसमा जोखिम अत्यधिक छ । त्यसैले विश्वका अधिकांश मुलुकले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध नै लगाएका छन् । नगद कारोबार प्लास्टिक मनीमा रूपान्तरित हुँदै अहिले डिजिटल भुक्तानीमा गइरहेको अवस्था छ । डिजिटल भुक्तानीमा पनि नगद आवश्यक पर्दैन । डिजिटल करेन्सीमा पनि नगदको आवश्यकता पर्दैन । यो केन्द्रीय बैंकले सृजना गर्ने डिजिटल एकाइ मात्रै हो जुन बैंक हुँदै ग्राहकले भुक्तानीका लागि प्रयोग गर्न सक्छन् । यसको प्रत्येक कारोबार केन्द्रीय बैंकको निगरानीमा हुने भएकाले निकै पारदर्शी हुन्छ । त्यसैले अवैध कारोबार रोक्न यसलाई जोड दिइएको हो । साथै, नगद मुद्राको छपाइमा लाग्ने खर्चसमेत यसले जोगाउँछ । त्यसैले डिजिटल करेन्सी आजको आवश्यकता नै हो । तर, यसका लागि आवश्यक इकोसिस्टम भने नेपालमा बनिसकेको छैन । यसमा काम हुँदै जाला तर अहिले प्रचलनमा आइसकेको डिजिटल भुक्तानीको गुणस्तरमा भने सुधार गर्न आवश्यक छ । खासगरी उपयोगकर्तालाई डिजिटल भुक्तानीमा आफ्नो पैसा हराउँदैन भन्ने विश्वास दिलाउन जरुरी छ भने अर्कोतर्फ यसको प्रयोगलाई व्यापक बनाइनुपर्छ ।  अहिले एटीएम, मोबाइल वालेट वा अन्य किसिमले एक बैंकको रकम अर्को बैंकमा स्थानान्तरण गर्न अन्तरराष्ट्रिय गेटवे प्रयोग गर्नुपर्ने बाध्यता छ । एटीएमबाट पैसा निकाल्दासमेत नेपालले प्रत्येक कारोबारका लागि विदेशी गेटवेका लागि पैसा तिर्नुपर्छ । त्यसैले मुलुकको आफ्नै गेटवे आवश्यक हुन्छ । गेटवे स्थापनाका लागि नेपाल राष्ट्र बैंकले निकै अगाडि तयारी थालेर मेशिनहरूसमेत ल्याए पनि त्यसको काम अगाडि बढेको छैन । यसका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई जिम्मेवारी दिने भन्ने भए पनि काम अगाडि बढेको छैन । सम्भाव्यता अध्ययनलगायत काम सकिए पनि गेटवे किन बन्न सकेको छैन भन्नेमा स्पष्ट जवाफ राष्ट्र बैंकबाट पाइन्न । यो गेटवे प्रयोग गरेवापत ठूलो रकम विदेशिइरहेको छ । यही कारण एउटा बैंकको एटीएम अर्को बैंकमा नि:शुल्क प्रयोग गर्न समस्या छ । नेपाल राष्ट्र बैंकले यस्तोमा शुल्क नलिन निर्देशन दिए पनि व्यावहारिक रूपमा त्यो सम्भव देखिएको छैन । त्यसैले विद्युतीय भुक्तानीलाई व्यापक बनाउनेतर्फ राष्ट्र बैंकको ध्यान जानु आवश्यक छ । अहिले क्यूआर कोडबाट भुक्तानी गर्ने प्रवृत्ति बढेको छ । खासगरी युवा वर्गले यसलाई प्रयोग गरिरहेको पाइन्छ । यसलाई अझ व्यापक बनाउन जुनुसुकै भुक्तानी प्रदायकबाट जुनसुकै कम्पनीका लागि भुक्तानी गर्न सकिने गरी सबैलाई एउटै नेटवर्कमा जोड्न जरूरी छ । त्यसो गरियो भने डिजिटल भुक्तानी व्यापक बन्न सक्छ । त्यस्तै धेरै देशले मोबाइल बैंकिङलाई व्यापक गरेर गरीबी घटाउनसमेत उल्लेख्य सफलता प्राप्त गरेका छन् । नेपालले यसतर्फ पनि ध्यान दिनु जरुरी छ । यसो भयो भने बिस्तारै डिजिटल अर्थतन्त्रको आधार बन्दै जान्छ । यसले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक च्यानलमा ल्याउँछ । विद्युतीय भुक्तानीलाई नि:शुल्क वा नाममात्रको शुल्क लाग्ने बनाई यसलाई व्यापक बनाउन आवश्यक छ । डिजिटल भुक्तानीको अभ्यासले डिजिटल करेन्सीमा जान त्यति गाह्रो हुँदैन ।  अहिले एटीएम, मोबाइल वालेट वा अन्य किसिमले एक बैंकको रकम अर्को बैंकमा स्थानान्तरण गर्न अन्तरराष्ट्रिय गेटवे प्रयोग गर्नुपर्ने बाध्यता छ । एटीएमबाट पैसा निकाल्दासमेत नेपालले प्रत्येक कारोबारका लागि विदेशी गेटवेका लागि पैसा तिर्नुपर्छ ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी गर्न बाटो खुला

व्यक्तिबाट व्यवसायीमा अर्थात् पर्सन टु मर्चेन्ट (पिटुएम) मोडलमा अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी खुला गरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार ‘एकीकृत परिपत्र, ०८०’ संशोधन गर्दै पिटुएम मोडलमा अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी गर्ने बाटो...

नेपाल–भारत क्रसबोर्डर डिजिटल भुक्तानी अन्तिम चरणमा

भारतमा यही वर्ष आमनिर्वाचन हुँदै गरेको र नेपाल–भारतबीच डिजिटल भुक्तानी सुरु गर्दा त्यसले निकै राम्रो सन्देश प्रवाह हुने भारतीय सरकारका अधिकारीहरूको बुझाइ छ ।

नेपाल र भारतबीच डिजिटल भुक्तानी गेटवे फागुन दोस्रो सातादेखि

नेपाल र भारतबीच डिजिटल भुक्तानी गेटवे पहिलो चरणमा सन् २०२४ को फेब्रुअरी अन्तिम (फागुन दोस्रो) साताबाट सुरु हुने भएको छ । नेपालको बैंकिङ, फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट र भारतको पिएचडी चेम्बर...

आईएफसी र एनसीएचएलबीच नेपालमा डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउन सहकार्य

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेपालमा डिजिटल भुक्तानीको क्षेत्रलाई प्रवर्द्धन गर्न सम्झौता भएको छ ।

रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर

हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा भदौ २७ गतेदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।...

एनआईसी बैंकको मोबाइल बैंकिङ एपबाट डिजिटल भुक्तानी

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल क्लियरिङ हाउसको नेपाल पे को क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ।...

तनहुँको मासु बजारमा बैंक अफ काठमाण्डूद्वारा डिजिटल भुक्तानी सेवा शुरु

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डिजिटल भुक्तानी (क्यूआर कोड) लाई तनहुँको मासु बजारमा पनि बिस्तार गरेको छ । बैंकले क्यूआर कोड विस्तारित गर्नेक्रममा तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका वडा नम्बर –३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा एक कार्यक्रमकाबीच डिजिटल भुक्तानी सेवाको शुरुवात गरेको हो । सो कार्यक्रमको […]

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की

२० जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै सरकारका प्रवक्ता समेत रहेका कार्कीले सरकारले यसलाई बढावा दिँदै आएको बताए । यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा […]

डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा छः सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। उनले सरकारले डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको उल्लेख गरे।...

पोखरा उद्योग बाणिज्य संघद्वारा ‘डिजिटल भुक्तानी’ सेवा सञ्चालन

पोखरा  । पोखरा उद्योग वाणिज्य संघले ‘डिजिटल भुक्तानी’ (फोन पे क्युआर) सेवा सञ्चालनमा ल्याएको छ ।संघको प्रविधिमा आफ्ना सदस्यहरुलाई अभ्यस्त बनाई समय सापेक्ष र सहज रुपमा डिजिटल प्रविधिमा भुक्तानी गर्दै पारदर्शिता कायम गर्ने उद्देश्यले ‘डिजिटल भुक्तानी सेवा’ संचालनमा ल्याएको हो ।मंगलबार पोखरा उद्योग वाणिज्य संघ र इ–सेवा फोन पे प्रालि बीच क्युआर डिजिटल पार्टनरसीप सम्झौतामा हस्ताक्षर भएको हो । संघले यसअघि नै इ–सेवा र क्युआर कोडमार्फत सदस्यता नवीकरण गर्ने व