शीतल निवासमा राष्ट्रपति भण्डारीको उपस्थितिमा देउसीभैली

काठमाडौं, ७ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थानले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत÷सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गरेको जनाईएको छ । राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार […]

सम्बन्धित सामग्री

शपथका लागि शीतल निवास पुगे दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।...

राष्ट्रपति भण्डारीसँग भेट्न शीतल निवास पुगे चिनियाँ नेता ली

२९ भदौ, काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीसँग भेट्‍न आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु पुगेका हुन् । त्‍यसअघि बिहान ९:३० बजे अध्‍यक्ष लीसहितको चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन […]

नागरिकता विधेयकले राष्ट्रपति-सरकार टकराव, ‘गम्भीर परामर्श’मा शीतल निवास

आफ्नो 'इच्छाविपरीत' उक्त विधेयक पुनः शीतल निवास आएमा कसरी अघि बढ्ने भन्नेमा राष्ट्रपति भण्डारीले परामर्श गरिरहेकी छन्

राष्ट्रपति भवन शीतल निवास अगाडि निहारिकाको आत्मदाहको प्रयास

निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग राखेर दोस्रोपटक एक सातादेखि आमरण अनशन बसेकी उनले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेकी हुन् । आफूले न्याय नपाएको […]

न्याय माग्दै आएकी निहारिकाले गरिन् शीतल निवास अगाडि आत्मदाह प्रयास

काठमाडौँ । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् । निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद् विस्तार गर्नुअघि प्रधानमन्त्री देउवा शीतलनिवास पुगेको हुन्। राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेकाे राष्ट्रपति भण्डारीका  प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। राष्ट्रपति र प्रधानमन्त्रीबीचको नियमित   भेटवार्ता भएकाे उनले बताए। देउवा नेतृत्वको सरकार बनेको ८९ दिनपछि आज मन्त्रिपरिषद्ले पूर्णता दिने तयारी छ। बालु

शीतल निवास पुग्यो अध्यादेश

सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा संशोधन गर्नका लागि राष्ट्रपति समक्ष गरेको सिफारिस शीतल निवास पुगेको छ।

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुगेको बालुवाटार स्रोतले बतायो । पछिल्लो समय राजनीति जटिल बन्दै गएको बेला राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाट बाक्लिँदै गएको छ । बिहीबार नै गण्डकी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत दिँदैछन् भने आज सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनमा कारण देखाउ आदेश जारी गरेको छ ।

Breaking : सांसदहरुको हस्ताक्षर लिएर ओलीसँगै ठाकुर पुगे मध्यरातमा शीतल निवास

जसपाका अध्यक्ष महन्थ ठाकुर अहिले राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा जसपा अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो समेत शीतल निवास पुगेका हुन्। नयाँ सरकार बनाउन नेकपा एमाले र जसपा सांसदहरूको सहमति रहेको हस्ताक्षर सहितको लिखित पत्र लिएर उनीहरु शीतल निवास पुगेको जसपा स्रोतले बताएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न आह्वान गरेकी थिइन् । प्रधानमन्त्री केपी ओलीको आग्रह अनुसार राष्ट्रपतिले नयाँ...

प्रधानमन्त्री ओली पुगे शीतल निवास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतल निवास पुगेका छन्। संसद्‌मा विश्वासको मत गुमाएका प्रधानमन्त्री ‌ओली र राष्ट्रपति भण्डारीबिच सोमबार साँझ ७ बजेदेखि वार्ता सुरु भएको शीतल निवास स्रोतले जानकारी दिएको छ ।