प्रदेशमा स्थायित्व, सुशासन र विकासको काम गर्छौं : मुख्यमन्त्री जमकट्टेल

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत प्राप्त भएको छ।हेटौंडामा आज बसेको प्रदेशसभा बैठकबाट जमकट्टेलले विश्वासको मत प्राप्त गरेका हुन्। उनको पक्षमा संसद्‌मा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दल रहेका थिए। विश्वासको मत प्राप्त गर्न ५६ सांसद आवश्यक रहेकोमा उनको पक्षमा १०५ सांसदले मत दिएका थिए भने विपक्षमा ३ जना सांसदले मतदान गरे।नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी र प्रतिपक्षमा बस्ने गरी