नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले धमाधम बनाइरहेका युथफोर्स र अखिलका बाहुबली संगठनहरू खारेज गर्न माग गरेका छन् ।
गौरवशाली इतिहास भएका अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स र अखिल फोर्सको औचित्य नरहेको भट्टराईले बताए ।
‘ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने, हजारौं युवाहरूलाई राजनीतिक/वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्ववियू र ...