तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवारमाथि कुटपीट

तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । जोशीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको उनका बुबा तथा काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीले रातोपाटीलाई बताए । प्रत्यासी जोशीको टाउकोमा चोट लागेको छ । मतपत्र च्यातिएपछि विवाद हुँदा उनीमाथि आक्रमण भएको बुझिएको छ । जोशी एमालेको समेत समर्थन मेयरको उम्मेदवार बनेका हुन् ।